एमाओवादी केन्द्रीय कार्यालय बैठक जारी

काठमाण्डु टुडे २०७१ वैशाख २ गते २:०७ मा प्रकाशित

maoist-officeकाठमाण्डु, २ बैशाख – एकीकृत नेकपा माओवादी केन्द्रीय कार्यालय बैठक अहिले बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडा कोटेश्वरमा जारी बैठकमा गोर्खा फुजेल घटनाका विषयमा छलफल भएको बुझिएको छ ।

फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै एमाओवादीले हिजो तीन दलको बैठक बहिस्कार गरेको थियो ।

बैठकमा जनयुद्धका पक्षधर र परिवर्तनका पक्षधरबीच मोर्चाबन्दी गर्दै आन्दोलनको कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

यस्तै बैठकमा राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us