कतारमा ६ एकान ६ प्रदर्शन हुने

काठमाण्डु टुडे २०७१ वैशाख १ गते ४:४२ मा प्रकाशित

दोहा – नेपाली चलचित्र ६ एकान ६ ले नेपालका तहल्का मच्चाएपछि कतारमा पनी प्रदर्शन हुने भएको छ ।
6 akan 6बल्क बष्टरको सूचीमा परेको यो फिल्मले दुई दिनमै ७८ लाख  कलेक्सन गरेको थियो । नेपालका चर्चित निर्देशक दिनेश डिसीद्धारा निर्मित यो चलचित्रमा सानो प्रर्दाका हास्य कलाकारहरुको बेजोड अभिनय रहेको छ ।

तितो सत्य , जिरे खुर्सानी  र मेरीबास्सैका मुख्य अभिनेताहरु यो सिनेमामा छन् । दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्माद्धारा निर्माण गरिएको यो चलचित्रले दुई हप्तामा २ करोड भन्दा बढी कलेक्सन गर्न सफल भएको छ ।
कतारको ग्लोबल सिनेमा हल सनैया स्थित ग्राण्ड मलमा आगामी २ मेई २०१४ शुक्रबारका दिन तीन शो प्रदर्शन हुन  लागेको आयोजक पक्षले बताएको छ  । यो चलचित्र प्रदर्शनका लागी स्याङ्गजा सम्पर्क मञ्च र माझी सेवा समाजले सहकार्य गरेको छ ।

टिकटका लागी भेषराज पराजुली ७७७४६६३३ , गोप सुनार ७७७४१८३२, उमेश माझि ७०५३८५११ लाई सम्पर्क गर्न अनुरोध गरिएको छ । चलचित्रको पहिलो शो कतारको स्थानीय समयानुसार बिहान ११: ३० , दिउँसो २: ३० र  ५ : ३० बजे पर्दशन हुँदैछ ।
यस चलचित्रमा दिपकराज गिरी, जितु नेपाल (मुन्द्रे), शिवहरि पौडेल (मुखाँ हान्नु जस्तो ), केदार घिमिरे ( माग्नेबुढा), सीताराम कट्टेल (धुर्मुस),  सन्दिप क्षेत्री लगायतका हास्य कलाकारदे अभिनय रहेका छन ।

साथै नायक  नायक राजबल्लभ  कोईराला, नीर शाह र गजित विष्टको विशेष भुमिका रहेको छ । छ जना नायकहरुको एउटी नायिका बनेर निता ढुङ्गानाले यस चलचित्रमा अभिनय गरकी छन ।

कमेडी एक्शन चलचित्र  ६ एकान ६  मा शम्भुजीत  बास्कोटाको  संगित , एनबी  मर्हजनको द्वन्द्व, गम्भीर विष्टको नृत्य , पुरुषोत्म  प्रधानको  क्यामरा रहेको छ । दिपक राज गिरीको  कथामा बनेको  सो चलचित्रमा वरिष्ठ हास्या  कलाकार हरिवंश आर्चायले निर्देशक  डिसीसँगै  शीर्ष गित ६ एकान ६  मेरो मया तिम्लाई ६ गाएका छन् ।
कतारमा लुट फिल्म चलेजस्तै ६ एकान ६ले पनी राम्रै व्यापार गर्ने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us