दुवईमा नयाँ वर्षको अवसरमा वनभोज कार्यक्रम

काठमाण्डु टुडे २०७० चैत २४ गते ४:०५ मा प्रकाशित

यूएई – नेपाली नयाँ बर्ष २०७१ को स्वागत स्वरूप एनआरएनए यूएईको दुबई क्षेत्रीय समितिले गत शुक्रबार शुभकामना सहितको मनोरन्जनात्मक बनभोज कार्यक्रम आयोजना गर्यो |

banavojदुबईको जाबिल पार्कमा आयोजित उक्त बनभोज कार्यक्रममा आयोजकले सहभागीहरुलाई बिभिन्न स्वादिष्ट नेपाली परिकारहरुले सन्तुष्ट बनाएका थिए | उक्त कार्यक्रमका सहभागीहरुलाई बिभिन्न ५ वटा खेलहरु समेत खेलाइएको थियो | प्रत्येक खेलका बिजेता र उपबिजेताहरुलाई गैर आवासीय नेपाली संघ यूएईका दुबई क्षेत्रीय समितिका अध्यक्ष दामोदर दाहालले पुरस्कार प्रदान गरेका थिए | खेलकुदका साथमा तातेको दोहोरीको सांगीतिक प्रस्तुतिले माहौललाई थप रौनकता प्रदान गरेको थियो |

कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदका मध्यपूर्व संयोजक चन्द्र बहादुर रोकाले नयाँ बर्षको शुभकामना प्रदान गर्दै मध्यपूर्वमा एनआरएनको भूमिका र महत्वको बारेमा आफ्ना मन्तब्य राखेका थिए | उक्त कार्यक्रममा एनआरएनए यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसाल, यूएईमा क्रियाशील बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायत यूएईवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो |
उक्त बनभोजको मध्यभागमा आयोजित औपचारिक कार्यक्रम आयोजक समितिका सचिव शुरेस क्षेत्रीले संचालन गरेका थिए |

सहभागीहरुमध्येवाट गरिएको गोला प्रथाबाट बिजेता बनेका २ जनालाई पुरस्कार वितरण गर्दै आयोजक समितिका अध्यक्ष दाहालले कार्यक्रममा सहयोग पुर्याउने सबैमा धन्यवादका साथ नयाँ बर्षको शुभकामना प्रदान गर्दै कार्यक्रमको समापन गरेका थिए |

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us