विमान अपहरणको आरोपमा भारतीय जेलमा रहेका नेपाली निर्दोष

काठमाण्डु टुडे २०७० चैत २३ गते १४:३६ मा प्रकाशित

नयाँदिल्ली, २३ चैत– चौध वर्षअघि काठमाण्डुबाट भएको इन्डियन एयरलाइन्सको विमान अपहरणमा संलग्न रहेको अभियोगमा भारतीय जेलमा रहेका एक नेपालीेल सफाइ पाएका छन् ।
जहाज अपहरणको आरोपमा भारत पञ्जावको पटियाला जेलमा रहेका भुपालमान दमाइलाई अदालतले निर्दोष ठहर गरेको हो । उनलाई पञ्जाव र हरियाण उच्च न्यायलयको आदेशमा रिहा गरिएको छ ।

उनीमाथि काठमाण्डुबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको आइसी–८१४ विमानका अपहरणकारीलाई सघाएको अभियोग लगाइएको थियो ।

१ सय ७८ यात्रु रहेको उक्त विमान अपहरणमा ७ पाकिस्तानी र २ भारतीयसहित दमाइलाई जेल चलान गरिएको थियो । सन् १९९९ को डिसेम्बर २४ देखि सन् २००० जनवरी १ सम्म अपहरणकारीले विमान कब्जामा लिएका थिए ।

अपहरित विमान अफगानिस्तानको कान्दाहर पुर्‍याइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us