
क्वालालम्पुर, चैत – मलेसियामा अलपत्र परेका ८५ जना नेपालीको उद्धार गरिएको छ । कम्पनी मालिक पासपोर्ट लिएर भागेपछि करिब एक महिनादेखि अलपत्र बनेका ८५ जनाको उद्धार गरिएको हो ।
सुरक्षित आप्रवासन परियोजना सामीको पहलमा शनिबार ३० र आइतबार ५५ जनालाई उद्धार गरिएको छ । उद्धार गरिएकाहरु खोटाङ, भोजपुर, ओखलढुङ्गा, संखुवासभा, सिराहा, इलाम, रौतहट, सर्लाही, बारा, पर्सा, महोत्तरी, धनुसा, मकवानपुर लगायत जिल्लाका छन् ।
यसैबीच, मलेसियामा नेपाली श्रमिकहरुका लागि सेल्टर हाउस निर्माण हुनुपर्नेमा क्वालालाम्पुरमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
आपत–विपतमा परेका नेपाली श्रमिकहरुलाई हरुलाई राख्ने स्थान नहुँदा समस्या परेको भन्दै यसकालागि विशेष व्यवस्था गर्नुपर्ने अवाज उठेको हो ।
कार्यक्रममा बोल्दै नेपाली दुतावासका द्वित्तिय सचिव अरुण महतले संघ–संस्थाहरुले पुर्याईरहेको सहयोग उल्लेखनीय भएको बताए ।
यस्तै गैर आवासिय नेपाली संघका उपाध्यक्ष विश्व राईले समस्याको मुख्य जड पत्ता लगाएर समाधानमा जुट्नु पर्ने बताए ।
सो अवसरमा अन्य बक्ताहरुले पनि आफ्नो धारणा राखेका थिए ।