जिफन्ट अध्यक्षमा पुन: रिमाल

काठमाण्डु टुडे २०७० चैत १७ गते ५:१५ मा प्रकाशित

काठमाण्डु, १७ चैत– एमाले सम्वद्ध नेपाल ट्रेड युनियन महासंघ ‘जिफन्ट’ अध्यक्षमा दोस्रो कार्यकालका लागि पुन: अध्यक्ष निर्वाचित bishnuभएका छन् ।
जिफन्टको आइतबार राति सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनले रिमाललाई आगामी चार वर्षे कार्यकालका लागि अध्यक्ष चयन गरेको हो ।

अधिवेशनले रिमालको नेतृत्वमा पाँच उपाध्यक्ष, एक महासचिव, तीन उप–महासचिव र आठ सचिवसहित ४७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

उपाध्यक्षहरुमा हरिदत्त जोशी, मधुसूदन खतिवडा, विदुर कार्की र विना श्रेष्ठ तथा महासचिवमा विष्णु लम्साल चयन भएका छन् ।

उपमहासचिवमा जनक चौधरी र जितेन्द्र जोन्छे तथा सचिवमा रमेश बडाल, दिपक पौडेल, जितेन्द्र श्रेष्ठ, गुणराम आचार्य, केशव दवाडी, दिनेशकुमार राई र कमल गौतम चयन भएका छन् ।

यस्तै सदस्यहरुमा अमर यादव, कुलबहादुर खत्री, राम बुढाथोकी, चन्द्रं गुरुङ, तुलसी सिवाकोटी, उत्ता श्रेष्ठ, भक्तबहादुर विक र मोहन नेपाली छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us