नेपालका लागि इजरायली राजदूत अनशनमा

काठमाण्डु टुडे २०७० चैत १४ गते ११:०६ मा प्रकाशित

काठमाण्डु – नेपालीहरुले आफ्ना माग राखेर बन्द, हड्ताल तथा अनशन बसेको त सबैले देखे/सुनेकै हो ।
Ambassador's Pictureतर नेपालमा रहेका एक कुटनीतिज्ञ आफ्नो सरकारसँग माग राखेर अनशन बसेका छन् ।

नेपालका लागि इजरायली राजदूत हनान गोडर तलब वृद्धिलगायतका माग राखेर अनशनमा बसेका हुन् । स्रोतका अनुसार गोडर बिहीबारबाट काठमाण्डुको लाजिम्पाटस्थित दूतावास परिसरमै अनशन बसेका हुन् ।

स्रोतका अनुसार उनले बिहीबारबाट कुनै पनि काम गरेका छैनन् । गोडरले माग पूरा नभएसम्म अनशन जारी राख्ने दूतावास स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us