
तिब्बती ची लुङ जिल्लाको पाङ सिङ गाउँ, निमु जिल्लाको थोन्दा गाउँ, कुङ पु च्याङ दा जिल्लाको छो काउ गाउँलाई चीनको ऐतिहासिक सांस्कृतिक सूचिमा राखिएको छ। तिब्बती गाउँलाई चीनको ऐतिहासिक सांस्कृतिक सूचिमा राखिएको यो पहिलो पटक हो।
यी तीनवटा गाउँका सुन्दर प्राकृतिक दृश्य, विशेष निर्माण वस्तुको शैली र लामो सांस्कृतिक इतिहास छ। चीनको ऐतिहासिक सांस्कृतिक गाउँ नै राष्ट्रिय आवास तथा निर्माण मन्त्रालय र राष्ट्रिय पुरातात्विक वस्तु ब्यूरोबाट मूल्याङ्कन गरी छानिएको हो।
ऐतिहासिक महत्व वा स्मरणले अर्थ रहेको पुरातात्विक वस्तु राखिएको र केही ऐतिहासिक अवधिको परम्परा र जातीय विशेषताको सम्पूर्ण प्रतिबिम्बित भएका गाउँलाई यस्तो सूचिमा राख्ने गरिन्छ। CRI