
काठमाण्डु, १३ चैत – आईपीएल फिक्सिङ मामलामा भारतीय उच्च अदालतले भारतीय क्रिकेट बोर्ड ‘विसिसिआई’ सामु ३ वटा विकल्प प्रस्तुत गरेको छ ।
विहीबार फिक्सिङको मुद्दामा भएको सुनुवाईपछि अदालतले यस्तो विकल्प अघि सारेको हो ।
जसअन्तर्गत विसिसिआईका वर्तमान अध्यक्ष एस श्रीनिवासनलाई हटाएर भारतीय पूर्वक्रिकेटर सुनिल गावास्करलाई अन्तरिम आईपीएल अध्यक्ष बनाउने, चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्सलाई यस सिजनको आइपिएलबाट निलम्बित गर्ने र श्रीनिवासनको कम्पनी इण्डिया सिमेन्टसँग जोडिएका अधिकारीहरुलाई विसिसिआईबाट हटाउने विकल्प अघि सारेको हो ।
अदालतले यस विषयमा शुक्रबारसम्ममा जवाफ दिन भनेको छ । आइपीएलको गत सिजनमा भएको फिक्सिङमा राजस्थान र चेन्नाईका अधिकारीहरुसँगै केही खेलाडी संलग्न भएको खुलेको थियो ।
राजस्थानका तीन खेलाडी श्रीसान्त, अंकित चवन र अजित चण्डिलालाई तत्कालै पक्राउ गरिएको थियो ।