
काठमाण्डु, १३ चैत – पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलले नेपाली क्रिकेट टीमलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
काठमाण्डुमा विहीबार कार्यक्रम गरी संघले नेपाली क्रिकेट टोलीलाई १ लाख ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
संघका अध्यक्ष दधिराम खरेलले नेपाली क्रिकेट टीमका कप्तान पारस खड्कालाई १ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले नेपालमा क्रिकेटको प्रभाव बढ्दै गएको र आगामी दिनमा अझ राम्रो खेलेर मुलुकलाई खुशी दिने प्रयास गर्ने बताए ।
कप्तान खड्काले क्रिकेटका लागि धेरै गर्न बाँकी रहेको भन्दै खेलाडीले खेलेजस्तै अरु सम्बन्धित व्यक्ति र संस्थाले आ–आफ्नो ठाउँबाट आफ्नो काम गर्ने हो भने समग्र खेल क्षेत्रको विकास हुने बताए ।
पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले क्रिकेटको माध्यमबाट नेपालको शिर उँचो पारेको र मुलुकलाई चिनाउने काम गरेको भन्दै नेपाली क्रिकेट टोलीलाई बधाई दिए ।