चुनावमा गरिएको सेना परिचालनको निर्णय अनुमोदित

काठमाण्डु टुडे २०७० चैत १२ गते १२:२९ मा प्रकाशित

काठमाण्डु, १२ चैत – संविधानसभाको दोस्रो चुनावमा गरिएको सेना परिचालनलाई विशेष सुरक्षा समितिले अनुमोदन गरेको छ ।

समितिको बुधबार बसेको बैठले सो निर्णयलाई अनुमोदन गरेसँगै अब विधेयक वा प्रतिवेदनको रुपमा व्यवस्थापिका संसद्मा प्रस्तुत हुने भएको छ ।

सो निर्णयमा एकीकृत माओवादीलेसमेत सहमति जनाएको छ । एमाओवादीले चुनावमा सेनासहितको संलग्नतामा धाँधली भएको आरोप लगाएपनि सेना परिचालनको निर्णय गर्ने समयमा आफूहरुको पनि सहभागिता रहेकाले फरक मत नराखेको हो ।

निर्णयमा राष्ट्रिय जनमोर्चाका सभासद् दुर्गा पौडेलले भने फरक मत राखेका छन् । प्राकृतिक विपत्त बाहेक अन्य समयमा सेना परिचालन गर्दा व्यवस्थापिका संसदबाट अनुमोदन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us