अष्ट्रेलियामा ‘चरीले छोडेपछि ….’

काठमाण्डु टुडे २०७० चैत १२ गते ११:१२ मा प्रकाशित

Ramkrishnaसिड्नी, १२ चैत – गायक रामकृष्ण ढकालले अष्ट्रेलियाको सिड्नीमा एकल साँझ सम्पन्न गरेका छन् । मेलबर्नको एक सांगीतिक कार्यक्रमको क्रममा अष्ट्रेलिया पुगेका ढकालले सिड्नीस्थित एक रेष्टुरेन्टमा एकल साँझ सम्पन्न गरेका हुन् ।

‘ढकाल फेयरवेल साँझ’ नाममा आयोजित कार्यक्रममा ढकालले करिब १ दर्जन कर्णप्रिय गित गाएका थिए ।

‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस् ….’ गितबाट सुरु भएको सांगितिक साँझमा ढकालले आफ्ना अन्य कर्णप्रिय गितबाट भरपूर मनोरञ्जन दिएका थिए ।

उनलाई बुटवलका स्थानीय गायक इश्वर पोख्रेलले साथ दिएका थिए । कार्यक्रममा अष्ट्रेलियामा बस्ने दजनौं नेपालीहरुको उपस्थिति रहेको गोविन्द भण्डारीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us