
काठमाण्डु, १२ चैत –यमनसँग नेपाल पराजित अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबलमा नेपाल यमनसँग पराजित भएको छ । कतारमा गएराती सम्पन्न खेलमा यमनले नेपाललाई २ – ० गोलअन्तरले पराजित गरेको हो ।
खेलमा नेपाली टिमले कमजोर प्रदर्शन गरेको थियो ।
खेलको पहिलो हाफसम्ममा गोलरहित बराबरीको अवस्था रहेकोमा दुवै गोल दोस्रो हाफमा भएको हो । पहिलो हाफमा दुवै टिमले सामान्य प्रदर्शन गरेका थिए । दोस्रो हाफ सुरु भएपछि भने यमनले नेपाललाई दबाबमा राख्यो ।
यमनका लागि खेलको ५८ औँ मिटेनमा कामिल तारेकले गोल गर्दै खाता खोले भने दोस्रो गोल ६६ औँ मिनेटमा मोहम्मद बारविसले गरे ।