नेपाली क्रिकेट टिमका प्रशिक्षकलाई प्रचण्डले भने, ‘तपाईं नेपाल नछाड्नुस’

काठमाण्डु टुडे २०७० चैत ९ गते १२:४६ मा प्रकाशित

काठमाण्डु,– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दसानायेलाई नेपाल prachanda-pubuduनछाड्न आग्रह गरेका छन् ।
आइतबार आफ्नै निवास लाजिम्पाट बोलाएर प्रचण्डले उनलाई नपाली टिम नछाड्न भनेका हुन् । नेपाली क्रिकेटलाई नतिजामुखी बनाउन महत्वपूर्ण योगदान गरेका श्रीलंकाली मूलका क्यानडाली प्रशिक्षक दासा नायेकेसँग नेपाल क्रिकेट संघ क्यानले गरेको सम्झौता सकिन एक साता मात्र बाँकी छ ।

‘तपाईंको नेतृत्वमा नेपाली क्रिकेट टिमले विक्वसामु नेपाललाई चिनाउने हैसियत बनाएको छ’, प्रचण्डले दसानायेकेलाई भनेका छन् ‘नेपालको क्रिकेट विकासमा आगामी दिनमा तपाईंको भूमिकाको अझै आवश्यकता छ ।’

सो अवसरमा प्रचण्डले बंगलादेशमा जारी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा नेपालले शानदार प्रदर्शन गरेर नेपालको गौरव बढाएकामा आफू हर्षित भएको बताएका थिए ।

जवाफमा दसानायेकेले नेपाल बसाईबारे सोचेर निर्णयमा पुग्ने बताएका थिए । उनले नेपालमा आफूले धेरै माया र सम्मान पाएको बताए । उनी नेपालको क्रिकेट इतिहासमा सफल प्रशिक्षकको सूचीमा पर्छन् ।

उनी मंगलबार क्यानडा जाँदैछन् । श्रोतका अनुसार दसानायकेको सम्झौता नवीकरण गर्ने वा नगर्ने भन्नेमा क्यानमा विवाद छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us