मलेसिया एअरलाइन्सको विमानबारे ‘नयां तथ्य’

काठमाण्डु टुडे २०७० चैत ६ गते १०:०५ मा प्रकाशित

अस्ट्रेलियाका प्रधानमन्त्री टोबी एबटले भनेका छन्, हराइरहेको मलेसिया एअरलाइन्सको विमानको अवशेष हुनसक्ने टुक्राहरु भूउपग्रह तस्वीरहरु मार्फत फेला परेको जस्तो देखिएको छ।Plane

क्यानबेरास्थित संसदमा बोल्दै प्रधानमन्त्री एबटले, क्वालालम्पुरबाट बेइजींग तर्फको उडानमा रहंदा झण्डै दुई हप्तादेखि हराइरहेको विमानका सम्बन्धमा नयां र विश्वसनीय जानकारीहरु प्राप्त भएको बताएका छन्।

अस्ट्रेलियाको समुद्री सुरक्षा प्राधिकरणका एकजना प्रवक्ताले छुट्टै टिप्पणीमा, ति टुक्राहरु अस्ट्रेलियाको पश्चिमी तटीय शहर पर्थबाट २५ सय किलोमिटर दक्षिण पश्चिममा देखा परेको बताएका छन्, जस्मध्ये एउटाको आकार चौबीस मिटर जति ठूलो रहेको छ।

उनले ति अवशेषहरु देखिएको स्थानसम्म पुग्न अझै पनि गाह्रो हुनसक्ने बताउंदै ति अवशेषहरु हराइरहेको विमानको नहुन पनि सक्ने जनाएका छन्।

अस्ट्रेलियाको एउटा निगरानी विमान त्यस स्थानको नजीकै पुगेको बताइएको छ र आगामी केहि घण्टामा थप विमानहरु त्यस तर्फ जानेछन्। त्यस क्षेत्रमा एउटा पानी जहाज पनि पठाइंदैछ। भेटिएको भनिएको टुक्रा हराइरहेको विमानको नहुन पनि सक्ने बताइएको छ। BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us