अफगानिस्तानसँग वदला लिने अवसर

काठमाण्डु टुडे २०७० चैत ५ गते ११:५८ मा प्रकाशित

Nepali-Cricket-team_winकाठमाण्डु, ५ चैत – ट्वान्टी–ट्वान्टी विश्वकपमा हङकङ विरुद्ध सानदार जित र बंगलादेशसँग सम्मानजनक हार पछि तेस्रो खेलमा नेपालले अफगानिस्तानको सामना गर्दैछ ।

विहीबार दिउँसो सवा ३ बजेपछि चट्गाउँमा हुने खेलमा नेपाल पुनः एक पटक अफगानिस्तान विरुद्ध यसअघिका हारको बदला लिने प्रयासमा हुनेछ ।

पछिल्लो केही वर्षयता नेपाललाई बारम्बार निरास पार्दै आएको अफगानिस्तानलाई पराजित गर्न सके नेपालको बंगलादेश यात्रा सुखद् बन्ने छ । दोस्रो चरण पार गर्ने नसकेको खण्डमा पनि दुई वटा जित दर्ता गरेमा नेपाली टोलीको पहिलो विश्वकप यात्रा अविस्मरणीय बन्ने छ ।

केही महिना अघि भएको एसिसि इमर्जिङ टिम्स कपमा नेपाल अफागनिस्तान विरुद्ध जितको निकै नजिक पुगेर पनि चुकेको थियो । एक दिवसीय मान्यता प्राप्त अफगानिस्तानले केही समयअघि भएको एसियाकप क्रिकेट प्रतियोगितामा आयोजक बंगलादेशलाई हराएर चर्चा बटुलेको थियो ।

यद्यपी त्यसको केही साता नवित्दै वल्र्डकपमा लज्जास्पद हार व्योहोर्न पुग्यो । जारी प्रतियोगितामा नेपाल र अफगानिस्तानको समान २ अंक रहेको छ । नेट रनरेटमा अघि रहँदै नेपाल अंक तालिकाको दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा रहेका छन् ।

दुबै टोलीको दोस्रो चरणमा पुग्ने गणितीय सम्भावना जिवितै छ । त्यसका लागि भोलि हुने खेलमा हङकङले बंगलादेश विरुद्ध सानदार जित दर्ता गर्नुपर्ने हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us