
काठमाण्डु, ५ चैत – बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनलका खेलहरु सुरु हुदैछन् ।
प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनल खेलमा आज आयोजक नव जागृति युवा क्लब र लिग उपविजेता मछिन्द्रबिच प्रतिस्पर्धा हुनेछ ।
हिजो भएको अन्तिम क्वार्टरफाइनल खेलमा पुलिसले लिग विजेता मनाङलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको छ ।