सीआइएलाई जासुसीको आरोप

काठमाण्डु टुडे २०७० फागुन २८ गते ५:२९ मा प्रकाशित

काठमाण्डु, २८ फागुन – अमेरिकी सीनेट इन्टेलिजेन्स समितिका अध्यक्ष डाएन फाइनस्टाईनले अमेरिकी खुफिया एजेन्सी सीआइएले काँग्रेसको जासुसी गरेको आरोप लगाएकी छन् ।
सीनेटर फाइनस्टाइनले सीआएले गलत ढंगले काँग्रेसका कार्यकर्ताको कम्युटरमा छानविन गरेको बताइन् ।  इन्टेलिजेन्स समितिले बुश प्रशासनवाट सीआईएको दुरुपयोग गर्दै यातना दिएकाहरुको छानविन गर्दै आएको छ ।
फाइनास्टाईनले सीआईएको यस्ता गतिविधिले काममा अवरोध पु¥याएको बताएकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सीआईएको यस्तो गतिविधि असंवैधानिक भएको उनको भनाई थियो । बरिष्ठ अमेरिकी सीनेटर र इन्टेलिजेन्स समितिले सीआईएलाई आरोप लगाउनु असमान्य घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
उनको अभिब्यक्तिपछि सीआईको स्वतन्त्रता र निश्पक्षताको विषयमा प्रश्न उठेको छ । यता सीआईएका निर्देशक जाँन ब्रैननले फाइनस्टाइनको आरोपमा कुनै सत्यता नभएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us