हराएको बिमान आक्रमणमा परेको अनुमान

काठमाण्डु टुडे २०७० फागुन २७ गते ४:५६ मा प्रकाशित

US speeds up drone, missile deliveries to aid Iraqकाठमाण्डु, २७ फागुन –मलेसियाबाट चीनतर्फ उडान भर्ने क्रममा हराइरहेको विमान आक्रमणमा परेको हुन सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चार दिन अघिदेखि वेपत्ता विमानको खोजी कार्यका लागि ४० भन्दा बढी पानीजहाज र ३४ वटा विमान प्रयोग गरिए पनि विमान अझै पत्ता नलागेको हो ।

चार दिनसम्म हुदा पनि विमान पत्ता नलागेपछि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विमान आक्रामणमा परेको हुनसक्ने बताएका हुन् ।

अमेरिकी र युरोपीयन सुत्रलाई हवला दिंदै विमान आक्रमणमा परेको सुचना बेलायतको न्युज एजेन्सी रोयटर्सले जनाएको छ ।

मलेसियन एयरलाइन्सले विमान आक्रमणमा परको भन्ने कुनै सुचना आफुहरु प्राप्त नभएको बताएको छ ।

यता चीन सरकारले विमानमा रहेका यात्रुका परिवारलाई जस्तो सुकै सुचना लागि तयार रहन भनेको छ ।

विमानमा १ सय ५३ जना चिनीया नागरिकसहित २ सय ३९ यात्रु सवार थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us