प्रहरी हिराशतमा बेहोस दुईको अवस्था चिन्ताजनक

काठमाण्डु टुडे २०७० फागुन १९ गते १०:५० मा प्रकाशित

इटहरी, १९ फागुन – एकसाताअघि इटहरी नगरपालिका–२ र हाँसपोसा गाविस क्षेत्रमा विभिन्न स्थानमा चोरी गर्दै हिँडिरहेका तीन युवकलाई स्थानीयवासीले चोरीका सामानसहित यातना दिएको सार्वजनिक भएपछि प्रहरीबाट पक्राउ भएकामध्ये दुई जनाको अवस्था चिन्ताजनक बन्न पुगेको छ ।

इलाका प्रहरी कार्यालयको प्रहरी हिरासतमा नै बेहोस अवस्थामा पुगेका इटहरी–२ का भद्रा भनिने भरत आलेमगर र यज्ञबहादुर मगरलाई आइतबार राति नेपाल नाईं सङ्घ सुनसरीका अध्यक्ष उमेश ठाकुरको सहयोगमा उपचारार्थ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

अत्यन्तै गरिब समुदायका दुवैको बेहोस अवस्थामा प्रतिष्ठानको आकस्मिक कक्षमा जीवन मरणको अवस्थामा उपचार भइरहेको छ ।

घरपरिवारमा खानसमेत समस्या भएका भरत र यज्ञ दुवै ती तीन युवकलाई सजाय दिइरहँदा दर्शकमात्र रहेको भन्दाभन्दै प्रहरीले दुबैलाई जबर्जस्ती पक्राउ गरी यातना दिएकै कारण उनीहरुको अवस्था गम्भीर स्थितिमा पुगेको बताइएको छ ।

प्रतिष्ठानको आकस्मिक कक्षका चिकित्सक डा. अजय यादवका अनुसार शय्याबाट दुवैलाई प्रहरीले आफन्तमार्फत ‘डिस्चार्ज’ गराउन दबाब दिइरहेको र बिरामीका आफन्तहरुले पनि ‘डिस्चार्ज’का लागि आग्रह गरिरहेको जानकारी दिँदै शय्याबाट उठाएर लगिए उनीहरुको अवस्था चिकित्सकीय शब्दमा मृत्यु हुने अवस्थामा छ ।

दुवै बिरामी मादक पदार्थका दुव्र्यसनी रहेको र उनीहरुले केही दिनदेखि मादक पदार्थ नपाएकै कारण यो अवस्थामा पुगेका जानकारी यादवले दिए । उनका अनुसार उनीहरुलाई मेडिकल वार्डको शय्यामा एक हप्ताभन्दा बढी राखेर उपचार गराउन सके निको हुन सक्ने अवस्था छ ।

बेहोस अवस्थामा रहेका भरतकी श्रीमती अनिला मगरले आफ्नो श्रीमान्को उपचार गर्ने क्षमता नभएको भन्दै जसले पक्रेर यस्तो अवस्थामा पु¥यायो उसैले उपचार गरिदनुपर्ने माग गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us