गोपाल किराँती भन्छन्, ‘माओवादीको दोस्रो तहका नेता नालायक’

काठमाण्डु टुडे २०७० फागुन १७ गते १३:२६ मा प्रकाशित

काठमाण्डु, १७ फागुन– एकीकृत माओवादी नेता गोपाल किराँतीले संविधानसभा निर्वाचनमा पार्टी पराजित हुनुमा दोस्रो तहका नेताहरु जिम्मेवार रहेको Gopal_Kiratiबताएका छन् ।
उनले पार्टी हार्नुमा प्रचण्ड बाबुरामको तुलनामा दोस्रो पुस्ता जिम्मेवार रहेको र त्यसको नैतिक जिम्मेवारी उनीहरुले लिनुपर्ने बताए ।

किराँतीले पार्टीका दोस्रो तहका नेतालाई प्रचण्ड–बाबुरामको पुच्छर समाउन छाडेर २१ औं शताब्दीको क्रान्ति हाँक्न सक्ने पार्टी निर्माणमा लाग्न पनि सुझाए ।

दोस्रो तहका नेतामा पूर्वपोलिट्ब्युरो सदस्यसम्म पर्ने उनको भनाइ छ । ‘पहिलो तहका प्रचण्ड र बाबुरामले समकालीन विश्वमा माओवादी आन्दोलनलाई तहमा पुर्‍याउन ठूलो भूमिका खेलेका छन्, उनीहरुले सक्नेजित गरेकै हुन्’, किराँतीले भने, ‘पार्टी विभाजन र संविधानसभा निर्वाचनमा पार्टी पराजित हुनुमा मसहित दोस्रो तहका नेताहरु जिम्मेवार छौं ।’

दोस्रो तहका नेता पहिलो  र तेश्रोतहकाहरुको बीचमा रहेकाले सबैभन्दा बढी रुपान्तरित क्षमतावान उनीहरु नै हुनुपर्ने तर्क उनको छ ।

माओवादी आन्दोलन सफल बनाउने कि नबनाउने, नेपाली क्रान्तिको कार्यभार पूरा गर्न सक्ने कि नसक्ने वा तेश्रो स्थानको हैसियतमा रहेको पार्टीले संविधानसभाबाट प्रगतिशील र पहिचान झल्कने संविधान दिन नसक्ने कि नसक्ने भन्ने पश्नको जवाफ दोस्रो तहका नेताले राष्ट्रिय सम्मेलनमा दिन नसके सबै नालायकमा दरिने भनाइ उनको छ ।

दोस्रो तहका नेता रुपान्तरित नभए पार्टी विघटन हुने र मुलुक संकटमा फस्ने दाबी किराँतीले गरे ।

वैद्य समूहको ताल पनि उस्तै
किराँतीले आफूहरुबाट अलग भएर मोहन वैद्य नेतृत्वमा गठित नेकपा–माओवादीमा पनि देस्रो पुस्ता कमजोर रहेको दाबी गरे ।

‘वैद्य र बादल पहिलो पुस्ताका भए, देव गुरुङ, नेत्रविक्रम चन्द र पम्फा भुसाल दोस्रो तहकाले पहिलो तहकालाई ‘बाक्लो दाल’ खुवाएका हुन’, किराँतीले भने, ‘उताका दोस्रो पुस्ताको पनि ताल उस्तै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us