एक केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाण्डु टुडे २०७० फागुन १६ गते १०:३३ मा प्रकाशित

सिन्धुपाल्चोक, १६ फागुन – प्रहरीले नेपालबाट तिब्बतको खासा लैजाँदै गरिएको एक केजी सुनसहित  एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

gold
सीमा प्रहरी चौकी तातोपानीबाट खटिएको टोलीले सुनसहित चिनियाँ नागरिक जे पिङहीलाई शुक्रबार पक्रेको हो । भाडाको गाडीमा सवार पिङहीको झोलाबाट उक्त सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनलाई सीमा चौकीमा राखेर अनुसन्धान थालिएको छ । बिहीबार मात्र प्रहरीले अरनिको राजमार्गअन्तर्थत खोर्सानीबारीबाट १० किलोग्राम सुनसहित दुई चिनियाँ र एक नेपालीलाई पक्राउ गरेको थियो ।

पछिल्लो तीन महिनामा मात्र तातो पानी नाकाबाट प्रहरीले २९ किलोग्राम अवैध सुन बरामद गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us