सभासद् पाण्डेका दुई सय योजना

काठमाण्डु टुडे २०७० फागुन १६ गते २:२६ मा प्रकाशित

rajendra pandeधादिङ, १६ फागुन–सभासद् राजेन्द्रप्रसाद पाण्डेले २ सय ७० वटा योजना रहेको बताएका छन् । सभासद्मा जिताएका जनतासँग पाण्डेले ती सवै योजना बिकास र परिवर्तन सम्बनिध भएको बताए ।

धादिङको बैरेनीमा पाण्डेले योजना कार्यान्वयनमा समुदायको सहभागिता बढाउनुपर्ने बताए । निर्वाचन सम्पन्न हुनुअघि र निर्वाचन सम्पन्न भएपछिका समयमा समुदायबाट आएका विकास योजनाहरुको सङ्कलन गरी आवश्यकताअनुसार प्राथमिकता दिने पाण्डेको भनाई छ ।

पाण्डेले चुनावी समयमा वाचा गरेका र जनताले अपेक्षा गरेका योजनाहरुलाई प्राथमिकीकरण गरिएको बताए ।

दुई जिल्ला जोड्ने सडक १०, दुई गाविस जोड्ने सडक दुई, गाविसस्तरका सडक ६६, खानेपानी योजना ४१, विद्युतीकरण योजना २४, विद्यालय भवन निर्माणका योजना २०, सामुदायिक भवन १६, स्वास्थ्य चौकी भवन निर्माण ६, मन्दिर, गुम्बा निर्माण तथा मर्मत १४, सिँचाइ योजना १९, शिक्षासम्बन्धी योजना १४, झोलुङ्गेपुल ११, मोटर चल्ने पुल सात, नदी तथा पहिरो नियन्त्रण योजना पाँच, खेलमैदान निर्माण चार र अन्य ११ वटा योजना सञ्चालन गर्नका लागि प्रस्ताव गरिएको सभासद् पाण्डको भनाई छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us