संविधानसभा उपाध्यक्षमा घर्ती निर्वाचित

काठमाण्डु टुडे २०७० फागुन १४ गते ८:२९ मा प्रकाशित

onsariकाठमाण्डु, १४ फागुन – संविधानसभाको उपाध्यक्षमा एमाओवादी सभासद् ओनसरी घर्ती मगर निर्वाचित भएकी छिन् । संविधानसभामा बुधबार भएको निर्वाचनमा घर्तीले प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापालाई भारी मतले पछि पारीन् ।

४ सय ८९ सभासद उपस्थित बैठकमा घर्तीको पक्षमा ४ सय ८४ र थापाको पक्षमा जम्मा ५ मत परेको थियो । थापालाई उनकै पार्टी नेमकिपा र नेपा राष्ट्रिय पार्टीलेमात्रै मत दिए ।

काँग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपालसहित अन्य दलले घर्तीलाई मतदान गरे । यसअघि एमाओवादी सभासद कृष्णबहादुर महराले काँग्रेस सभासद आनन्द्रप्रसाद ढुंगानाको समर्थनमा संविधानसभाको उपाध्यक्षमा ओनसरी घर्तीको उम्मेदवारीको प्रस्ताव पेश गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us