आमाघरबाट बालबालिकाको उद्धार

काठमाण्डु टुडे २०७० फागुन १४ गते ३:२३ मा प्रकाशित

Dilshovaकाठमाण्डु, १४ फागुन–आमाघरको नाममा बृद्ध र अनाथ बालबालिकालाई स्याहारसुसार गर्दै आएकी दिलशोभा श्रेष्ठले यौन दुराचार गरेको आरोपमा त्यहां रहेका ३१ जना अनाथ बालबालिकालाई उद्धार गरिएको छ ।
अनाथ बालबालिकालाई संरक्षण गर्ने नाममा अनुमति बिना बालबालिका राखेको र उनीहरुको अवस्था दयनीय रहेको फेला परेपछि काठमाडौं जिल्ला प्रशासन, प्रहरी, केन्द्रीय बालकल्याण समिति तथा बालकल्याण समिति काठमाण्डुले बालबालिकाको उद्धार गरेका हुन् ।

उद्धारका लागि जिल्ला प्रशासन कार्यलय काठमाडौं, प्रहरी केन्द्रीय बालकल्य समिति लगायतको टोली आमाघर रहेको कालिमाटीमा पुगेको थियो ।

यसअघि आमाघर संचालन गर्दै आएकी दिलशोभा श्रेष्ठले बालबालिकालाई आश्रय दिने नाममा उनीहरुमाथि यौनदुराचार गरेको प्रमाणसहितको उजुरी प्रहरी तथा केन्द्रीय बालकल्याण समितिमा पुगेको थियो ।

उक्त उजुरीमाथि छानबिन गरेपछि बालबालिकाको उद्धार गरिएको हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us