गर्भवतीलाई संगिनी सुई लगाइदिएपछि…

काठमाण्डु टुडे २०७० फागुन १४ गते १:०१ मा प्रकाशित

चितवन, १४ फागुन– अस्थायी परिवार नियोजनको काम गर्ने संगिनी सुई तीन तीन महिनामा लगाउनुपर्छ । तर,पछिल्लो पटक चितवनको मुग्लिनमा एकजना स्वास्थ्यकर्मीले सातमहिने गर्भवतीलाई तीनमहिने सङ्गिनी सुई लगाइदिएका छन् ।

स्थानीय पाण्डे मेडिकलमा सात महिनाको गर्भवती धादिङ जोगिमारा–४ की २९ वर्षीया एक महिलालाई टिटीको सुई लगाउनुको सट्टा सङ्गिनी सुई लगाइएको हो ।
मेडिकल सञ्चालक डिवी पाण्डेले गर्भवती महिलालाई सङ्गिनी सुई लगाइदिएपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए ।

पाण्डेले बच्चा जन्मिनुअघि र जन्मि सकेपछि पर्ने सबै खालको असरको जिम्मेवारी आफूले लिने बताएपछि पीडित परिवारसंग सहमति भएको पीडित महिलाका ससुराले बताए ।
भरतपुर अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेलले सुई लगाएपछि पाण्डेले आफूसंग परामर्श गरेको बताउनुभयो । त्यसरी सुई लगाएको महिलाबाट छोरी जन्मिएमा अनुहारमा राौ पलाउन सक्ने डा पोख्रेलले बताउनुभयो

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us