उपसभामुखको निर्वाचन कार्यतालिका

काठमाण्डु टुडे २०७० फागुन १२ गते २:४८ मा प्रकाशित

काठमाण्डु, १२ फागुन – फागुन १४ गते हुने संविधानसभा उपसभामुखको निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक भएको छ । ca houseca house

संविधानसभा सचिवालयले १० देखी १२ बजेसम्मका लागि सहमतिको आधारमा उम्मेदवारी दर्ता गर्ने समय तय गरेको छ भने साढे २ बजे नामावली प्रकाशित गरिने सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए ।

सहमति नभए मंगलबार बिहान १० देखि २ बजेसम्म बहुमतीय आधारमा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । मंगलबार नै साढे २ बजे उम्मेदवारको नामावली प्रकाशित गरिने पनि प्रवक्ता शर्माले जानकारी दिए । आगामी बुधबार बिहान ११ बजेबाट संविधानसभाको बैठकमा उपसभामुखको निर्वाचन सुरु गरिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us