साना दललाई सरकारमा लैजाने कांग्रेस –एमालेको निष्कर्ष

काठमाण्डु टुडे २०७० फागुन १२ गते १:२४ मा प्रकाशित

congress and umlकाठमाण्डु, १२ फागुन –नेपाली कांग्रेस र नेकपा एमालेबीच आइतवार राती  मन्त्रालय बांडफांडका बिषयमा पुन: सहमति भएको छ । आईतबार दिउंसो काग्रेसले गृहमन्त्रालय एमालेलाई  दिने बताएपछि राती अबेरसम्म बसेको दुई दलको बैठकले साना दललाई पनि सरकारमा लैजाने बिषयमा सहमति जुटाएको हो ।

दोस्रो तहका नेता सम्मिलित बैठकले आ–आफ्नो भागमा १०–१० मन्त्रालय राख्ने, प्रधानमन्त्रीले ४ वटा मन्त्रालय राख्ने तथा राप्रपा र मालेलाई १–१ मन्त्रालय दिने बिषयमा सहमति जुटाएको हो । दुई दलका नेताहरुबिच भएको सहमति आज शीर्ष नेताहरुलाई जानकारी गराउने र आज प्रधानमन्त्री सुशील कोइरालालाई मन्त्रिमण्डल बिस्तारका लागि आग्रह गरिने बैठकमा सहभागी एक नेताले जानकारी दिए । यस अघि एमाले स्थायी कमिटि बैठकले बामदेव गौतमको नेतृत्वमा सरकारमा जाने निर्णयलाई अनुमोदन गरेको थियो ।

दुई दलबीच भएको सहमतिमा कुन दललाई कुन मन्त्रालय दिने बिषयमा सहमति भएता पनि सार्वजनिक गरिएको छैन । त्यसको निर्णय गर्न अहिले केहिबेरमा कांग्रेस एमालेको पुन वार्ता हुने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us