आफ्नो क्षेत्रलाई देशकै नमुना बनाउने भट्टराईको घोषणा

काठमाण्डु टुडे २०७० फागुन ११ गते १३:०५ मा प्रकाशित

गोरखा, ११ फागुन– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले संविधानसभा निर्वाचनमा आफू निर्वाचित भएको गोरखा–१ लाई देशकै नमुना बनाउने दाबी गरेका baburam_250छन् ।
गोरखाका घैरुङ–७ बासकोटस्थित हिमालय माविको ५३ औं वार्षिकोत्सव कार्यक्रममा आइतबार उनले आफ्नो क्षेत्रलाई नमुना बनाउने बताएका हुन् ।
उनले आफ्नो क्षेत्रमा बाटो र बिजुलीको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाए ।

‘गोरखा–१ लाई देशकै नमुना क्षेत्रका रुपमा विकास गर्छु’ भट्टराईले भने, ‘पहिलो प्राथमिकता बाटोघाटोलाई र दोस्रो प्राथमिकता बिजुलीलाई दिन्छु ।’
उनले गोरखा–बुङ्कोट–बतासे–मनकामना,गोरखा–बुङ्कोट–बतासे–बेनीघाट सडक तल्काल कालोपत्रे गरिदिने घोषणा गरे ।

यस्तै आफ्नो क्षेत्र अन्तर्गतका विद्यालयमा आवश्यक दरबन्दी र पर्याप्त भौतिक संरचनाका लागि सक्दो पहल गर्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us