सुशील ‘दा’ अझै एमालेलाई गृह दिन अनिच्छुक

काठमाण्डु टुडे २०७० फागुन ११ गते १२:४५ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला अझ पनि एमालेलाई गृह मन्त्रालय नदिने मनस्थितिमा रहेको बुझिएको छ ।
Sushil-Koiralaदुई दलबीच गृह विवाद मिलेको समाचारहरु आइरहेका बेला कोइराला एमालेलाई गृह दिन तयार भइनसकेको स्रोतले बतायो ।

‘उहाँ (कोइराला) एमालेलाई कुनै हालतमा गृह दिने मनस्थितिमा हुनुहुन्न’, कोइरालाका एक सहयोगीले काठमाण्डु टुडेसँग भने, ‘गृह विवाद मिलेको भनेर बाहिर आएका समाचार सत्य होइनन् ।’ कोइराला दुई पार्टीबीचको कुनै पनि वार्तामा सहभागी नरहेको र गृह दिने सहमति पनि नगरेको ती सहयोगीले बताए ।

बालुवाटार स्रोतका अनुसार गृह मन्त्रालय प्रधानमन्त्रीसँगै राख्नुपर्ने अडानमा कोइराला दृढ छन् ।

काँग्रेस–एमाले वार्ता टोलीबीच आइतबार भएको वार्तामा महामन्त्री कृष्ण सिटौलालगायतले गृह दिन सकिने बताएका थिए ।

काँग्रेसले गृह दिने भनेपछि बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको
छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us