अहिलेसम्मकै धेरै कोकिन बरामद

काठमाण्डु टुडे २०७० फागुन ११ गते १०:१५ मा प्रकाशित

काठमाण्डु, १२ फागुन– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै ठूलो परिमाणमा लागूऔषध कोकिनसहित एक नामिबियाली नागरिकलाई पक्राउ गरेको छ ।

pakrau 2प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले दुबईबाट काठमाण्डु आएका नामिबियन नागरिक रेमन्ड जुङ्गु ओपेललाई दुई किलोग्राम ६ सय ग्रामभन्दा बढी कोकिनसहित पक्राउ गरेको हो ।

ओपेल ४५ क्याप्सुल खाएर र बाँकी १ सय १२ वटा क्याप्सुल झोलामा राखेर कोकिन नेपाल भित्र्याउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । उनले कोकिन ब्राजिल लैजाने गरी ल्याएको प्रहरीले जनाएको छ ।

ओपेलले ल्याएको कोकिनको मूल्य २० हजार अमेरिकी डलर बराबरको ब्यूरोले जनाएको छ । कसैको भरिया मात्र भएको हुनसक्ने आशंकामा प्रहरीले नीमाथि थप अनुसन्धान थालिएको जनाएको छ ।

यसैबीच, ब्युरोले एक फ्रान्सेली नागरिकलाई पनि दुई केजीभन्दा बढी चरेससहित नियन्त्रणमा लिएको छ । फ्रान्सेली नागरिक आउसिङ ग्लेन क्रिस्टोफे नेपाली कागजको डायरीमा चरेस र्‍यापिङ गरी काठमाण्डुबाट कतार जान लागेका बेला पक्राउ परेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us