प्रेस युनियनको कास्की र कैलाली अधिवेशन सम्पन्न

काठमाण्डु टुडे २०७० फागुन ११ गते ८:५१ मा प्रकाशित

पोखरा/धनगढी, ११ फागुन–नेपाल प्रेस युनियन कास्कीको आठौ‌  जिल्ला अधिवेशनले शिरोमणि बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश: माधव रेग्मी, प्रकाशचन्द्र सापकोटा, लोकेन्द्र ढकाल र रामप्रसाद भुर्तेल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा नवराज त्रिपाठी, सन्दिप पौडेल, गीताकुमारी विष्ट, पद्म श्रेष्ठ र सरिता तिमिल्सिन चयन भएको प्रेस युनियनले जनाएको छ । अधिवेशनले ३९ जना केन्द्रीय पार्षदसमेत चयन गरेको छ ।
उता कैलाली शाखाको चौथो जिल्ला अधिवेशनले टेकराज जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष त्रयमा भीम चौधरी, करुणा जोशी र चेतराज ओझा सर्वसम्मत चयन भएका छन् ।

सचिवमा दीपक जोशी, सहसचिवमा टीकाराम सुनार र कोषाध्यक्षमा सुशीला देउवा निर्वाचित भएका छन् । अधिवेशनको काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले उदघाटन गरेका थिए ।

कार्यक्रममा लामो समय पत्रकारितामा योगदान पुर्‍याएबापत सेती समाचार दैनिकका सम्पादक घनबहादुर शाह, अनुमोदन दैनिकका सम्पादक मनमोहन स्वाँर, बीबीसी नेपाली सेवाका उमिद बागचन्द, राससका सिद्धराज भट्ट र श्री नेपाल टाइम्स दैनिकका सम्पादक करुणाकर पाण्डेयलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us