मुलुकलाई द्धन्द्धमा लैजान खोजेको आरोप

काठमाण्डु टुडे २०७० फागुन ११ गते ८:५० मा प्रकाशित

काठमाण्डु ११ फागुन–नेकपा–माओवादीले बिस्तृत शान्ति सम्झौता भंग गरी मुलुकलाई पुन द्धन्द्धमा लैजान खोजेको आरोप सरकार माथि लगाएको छ ।
आफनो पार्टीका मिथिला राज्य समिति सदस्य सत्यनारायण महतोलाई पक्राउ गरी महोत्तरी प्रहरी कार्यालयमा राखिएको प्रति आपत्ति जनाउँदै सो पार्टीले त्यस्तो आरोप लगाएको हो । Pampha-Bhusal1
महतोलाई प्रहरीले शनिवार पक्राउ गरेको थियो । महतोलाई पक्राउ गरिनु शान्ति सम्झौता अनुरुप युद्धकालीन मुद्दाहरु नचलाउने र सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाउने नीति बिपरित रहेको सो पार्टीकी प्रवक्ता पम्फा भुसालले बताएकी छिन । भुसालले आइतवार जारी गरेको प्रेस बिज्ञप्तिमा महतोको रिहाईको माग गर्दै यसप्रकारका घटना नदोहोरयाउन सरकारलाई आग्रह गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us