कांग्रेस–एमालेबीच मन्त्रालय भागबण्डा मिलेन

काठमाण्डु टुडे २०७० फागुन ११ गते ८:५८ मा प्रकाशित

su-jnकाठमाण्डु, ११ फागुन – मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न बसेको नेपाली कांग्रस र नेकपा एमालेको बैठक विना निष्कर्ष टुंगिएको छ ।

काठमाण्डुको द्धारिका होटलमा बसेको बैठकमा मन्त्रालयका विषयमा छलफल भएपनि ठोस निष्कर्ष भने ननिस्किएको नेताहरुले बताएका छन् ।

दुई दलबीच सोमबार विहान फेरि छलफल गर्ने सहमति भएको छ । एमालेलाई गृहमन्त्रालय दिन कांग्रेस तयार भएपछि दुईदलबीच अरु मन्त्रालय बाँडफँटको कुरा अघि बढेको हो ।

प्रधानमन्त्री सुशील कोइरालाले आइतबार नै सरकार विस्तारको तयारी गरेपनि एमालेसँग मन्त्रालय बाँडफाँटको विषयमा कुरा नमिलेपछि रोकिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us