एमाले नेता ओली अस्पताल भर्ना

काठमाण्डु टुडे २०७० फागुन १० गते १२:५२ मा प्रकाशित

kp-oli_20110601090027काठमाण्डु, १० फागुन – एमाले संसदीय दलका नेता केपी ओली अस्पताल भर्ना भएका छन् । हातमा समस्या देखिएपछि उनी ग्रान्डी अस्पताल धापासीमा भर्ना भएका हुन् । युरिक एसिड बढेर हात सुन्निएपछि ओलीलाई अस्पताल भर्ना गरिएको हो ।

युरिक एसिडका कारण ओलीको हात सुन्निएकाले अस्पताल भर्ना गरिएको ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए ।

‘युरिक एसिडको क्याप्सुलबाट एन्टिबाइटिक चलाइरहनुभएको थियो, चिकित्सकले इन्जेक्सनबाट एन्टिबाइटिक चलाउँदा चाँडै ठीक हुने सल्लाह दिएकाले उहाँ अस्पताल भर्ना हुनुभएको हो ।’ आचार्यले भने ।

शनिबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा जान ठिक परेका ओलीलाई सहयोगीले सुन्निएको हातको तत्काल उपचार गर्न सल्लाह दिएपछि अस्पतालतर्फ लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us