मन्दिर जीर्णोद्धारका लागि आठ किलो सुन खरिद

काठमाण्डु टुडे २०७० फागुन १० गते ६:०४ मा प्रकाशित

Manakamanaगोरखा, १० फागुन – गोरखाको मनकामना मन्दिर जीर्णोद्धारका लागि तीन करोड ५९ लाख बराबरको करिब ८ किलो सुन खरिद गरिएको छ ।

मन्दिर जीर्णोद्धारका लागि पुरातत्व विभागले अघिल्लो आर्थिक वर्ष उपलब्ध गराएको रु एक करोडमध्ये रु ५९ लाख र चालु आर्थिक वर्षका लागि विनियोजन गरेको तीन करोडमध्येबाट मन्दिर जीर्णोद्धार समितिले करिब आठ किलो सुन खरिद गरेको हो ।

झै एक किलो सुन अपुग हुने मन्दिरका मूल पुजारी इन्सान थापा मगरले जानकारी दिनुभयो । मन्दिरको छानोमा लेपन गर्न सुनको आवश्यकता परेको हो ।

गजुर र छानोमा लेपन गर्न १४ किलो सुन खपत हुने गर्दछ । गजूर जस्ताको तस्तै रहेका कारण त्यसका लागि सुनको आवश्यकता नरहेको मनोकामना क्षेत्र विकास समितिका निर्देशक सुनिता देवकोटाले बताईन् ।

मन्दिर दर्शनका लागि आउने भक्तजनहरुबाट मात्रै दुई करोड २५ लाख सङ्कलन भएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष दिनेश जोशीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us