नेकपा एकीकृत संगठन सुदृढीकरणमा

काठमाण्डु टुडे २०७० फागुन १० गते ४:३२ मा प्रकाशित

pari-thapaबुटवल, १० फागुन – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) केन्द्रीय समितिले एक महिने देशव्यापी सङ्गठन सुदृढीकरण अभियान सुरु गरेको छ । सो पार्टीले माघ २५ गतेदेखि फागुन मसान्तसम्म अभियान सञ्चालन गर्ने जनाएको हो ।

पार्टीले सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत भेला, प्रशिक्षण, बैठक, समिति गठन, पुनःगठनलगायतका कार्यक्रम गर्ने अवध–भोजपुराका इन्चार्ज पितबहादुर एमसीले जानकारी दिए ।

केन्द्रको कार्यक्रमअन्तर्गत एकीकृतले रुपन्देहीमा पनि सङ्गठन सुदृढीकरण अभियान सुरु गरेको पार्टीका जिल्ला सचिव केजीकुमार पौडेलले जानकारी दिए ।

पार्टीले शुक्रबार रुपन्देहीको विष्णुपुरामा भेला सम्पन्न गरेको छ ।  भेलाले गाउँमा व्यापकरुपमा जनभेटघाट, प्रशिक्षण, अन्तत्र्रिmया र छलफल गरेर पार्टी सङ्गठनलाई सशक्त पार्ने निर्णय गरेको जनाएको छ ।

यस्तै बुटवल नगरको बृहत भेला फागुन १७ गते बुटवलमा गर्ने निर्णय गरेको सचिव पौडेलले बताए । उता नवलपरासी र कपिलवस्तुमा पनि एकीकृतले सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गरेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us