एमालेसहित १ सय ६ दलले बुझाएनन आय–व्यय विवरण

काठमाण्डु टुडे २०७० फागुन १० गते ३:३६ मा प्रकाशित

काठमाण्डु, १० फागुन– निर्वाचन आयोगले आर्थिक वर्ष २०६९/७० को वार्षिक आय–व्यय विवरणको वार्षिक प्रतिवेदन नबुझाउने दलहरुको नाम सार्वजनिक गरेको छ ।
आयोगले आज राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचनमा सहभागिता जनाएका १ सय ३० मध्ये नेकपा एमालेसहित १ सय ६ दलले आय–व्यय विवरणको प्रतिवेदन नबुझाएको जनाएको हो  ।

राजनीतिक दलसम्बन्धी ऐन–२०५८ मा आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र आय–व्यय विवरण बुझाउनुपर्ने प्रावधान छ । पुस मसान्तसम्ममा आय–व्यय विवरण बुझाउनुपर्ने भए पाि थप गरिएको १५ दिनको समयमा पनि विवरण नबुझाएकाले ती दलमाथि कारबाही प्रक्रिया अघि बढाइएको आयोगका एक अधिकारीले जानकारी दिए ।
आय–व्यव विवरण नबुझाउनेमा एमालेसहित, राष्ट्रिय जनमोर्चा, नेकपा माले, राष्ट्रिय जनशक्ति पार्टी, राप्रपा, मधेसी जनअधिकार फोरम नेपाल, नेकपा एकीकृत, नेकपा संयुक्त, समाजवादी जनता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, समाजवादी जनता पार्टी, दलित जनजाति पार्टी, नव जनवादी मोर्चा, नेपाल सदभावना पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, शिव सेना, चुरेभावर राष्ट्रिय एकता पार्टी, संघीय लाकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), नेकपा माल े(समादवादी), जनमोर्चा नेपाल, मधेश तराई फोरम लगायत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us