गाडीको ठक्करबाट मोरसाइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन १० गते ३:०९ मा प्रकाशित

भक्तपुर, १० फागुन– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको लनिलचोकमा गएराति गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ ।
काठमाण्डुबाट बनेपातर्फ जॉदै गरेको बा ४८ प ७१८७ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको गाडीले ठक्कर दिँदा त्यसमा सवार सरोज थापाको मृत्यु भएको हो । मृतकको स्थायी ठेगाना खुलेको छैन ।

ठक्कर दिने गाडी घटनालगत्तै भागेकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । यसैबीच घटनाको विरोधमा स्थानीयले अरनिको राजमार्ग अवरुद्ध पारेका छन् ।

स्थानीयले दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै शव सडकमा तेस्र्याएर प्रदर्शन गरिरहेका छन् । अवरोधका कारण अरनिको राजमार्गमा कुनै पनि सवारी साधन चलेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us