देउवालाई मनाएर मन्त्रिमण्डल विस्तार गर्ने कोइरालाको तयारी

काठमाण्डु टुडे २०७० फागुन १० गते २:३१ मा प्रकाशित

काठमाण्डु, १० फागुन– पार्टीभित्रको आन्तरिक किचलो र सत्ता साझेदार एमालेसँगको गृह मन्त्रालय विवादका कारण मन्त्रिमण्डल विस्तार sushil-sherbahadurगर्न नसकेर अप्ठेरोमा परेका प्रधानमन्त्री सुशील कोइरालाले आज पनि मन्त्रिमण्डल विस्तारको प्रयास गर्दैछन् ।
कोइरालाले एमालेलाई बाहिरै राखेर पार्टीका तर्फबाट केही मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

त्यसका लागि कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवासँग आज पुन: छलफल गर्दैछन् । दुई नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गएराति भएको छलफल सकारात्मक भएपछि आज पुन: छलफल हुन लागेको हो ।

पार्टीका तर्फबाट मन्त्री बन्नेको नाम चयन गर्न हिजो बसेको संसदीय समिति बैठक निष्कर्षविहीन भएपछि कोइराला र देउवाबीच वार्ता हुन लागेको हो ।

दुई नेताबीचको छलफलमा मन्त्री बन्नेको नाम र जिम्मेवारीबारे कुरा मिले कोइरालाले आजै साँझसम्म पाँच मन्त्री थपेर मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । कोइरालाालले पार्टीले पाउने १३ मध्ये ४ मन्त्रीको नाम दिन देउवालाई आग्रह गरेका छन् ।

देउवाले भने आफ्नो सामूहले पाउने मन्त्रालय र एमाले सरकारमा आउने वा नआउने स्पष्ट भएपछि मात्र नाम दिने बताउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us