झण्डै दुई सातापछि बधाई पाए प्रधानमन्त्रीले

काठमाण्डु टुडे २०७० फागुन ९ गते १०:०८ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, ९ फागुन – बहुतीय प्रक्रियाबाट प्रधानमन्त्रीमा निर्वाचित भएको झण्डै दुई सातापछि प्रधानमन्त्री सुशील कोइरालाले सदनमा बधाई पाएका छन् ।

गत माग २७ गते अन्तरिम संविधानको धारा ३८ ९२० बमोजिम बहुतीय प्रक्रियाबाट प्रधानमन्त्रीमा निर्वाचित कोइरालालाई  शुक्रबार सदनमा औपचारिक बधाई ज्ञापन गरिएको हो ।

प्रधानमन्त्रीलाई बधाई दिने कार्यक्रम केही दिन अघि नै तय भएपनि शुक्रबारमात्रै साईत जुरेको हो ।

सो अवसरमा सभासदहरुले कोइरालालाई बधाईसँग विभिन्न विषयमा चर्को आलोचनासमेत गरेका थिए । एमाले सभासद विष्णु पौडेलले राष्ट्रपतिले प्रधानमन्त्रीलाई ७ बुँदे लिखित निर्देशन दिएको भन्दै चर्को आलोचना गरे ।

यस्तै एमाओवादी सभासद जनार्दन शर्मा प्रभाकरण कोइरालालाई बधाई ज्ञापन गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रिया तत्काल अघि बढाउन माग गरे ।

यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिर्वत रोक्न सरकारले तत्काल पहल गर्नुपर्ने माग गरे । संसदमा बोल्ने अन्य सभासदहरुले पनि एक वर्षभित्रै संधिवान निर्माण गर्न क्रियाशील हुनुपर्ने बताएका थिए ।

कोइरालाले निर्वाचित भएको झण्डै दुईसाता पछि सदनमा बधाई पाएपनि सरकारलाई अझै पूर्णता दिन सकेका छैनन् । गृहमन्त्रालयका विषयमा नेकपा एमालेसँग कुरा मिल्न सकिरहेको छैन भने पार्टी भित्रैबाट पनि मन्त्री बन्नेहरुको सूची फाईनल हुन सकेको छैन ।

पार्टीमा मन्त्री बन्न चाहनेहरुको संख्या धेरै भएकाले कुरा मिल्न नसकेको हो । यस्तै वरिष्ठ नेता शेरबहादुर देउवा पक्षलाई खुसी राख्दै मन्त्री चयन गर्न कोइरालालाई फलामको च्यूरा चपाउनुसरह छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us