प्रधानमन्त्रीले सदनमा भने, ‘राष्ट्रपतिले कुनै निर्देशन दिएका छैनन्’

काठमाण्डु टुडे २०७० फागुन ९ गते ९:४५ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, ९ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपतिले आफूलाई ७ बुँदे निर्देशन दिएको भन्ने कुरा झुटो भएको बताएका छन् ।

पहिलेदेखि नै चल्दै आएको परम्परा अनुसार आफूले पनि राष्ट्रपतिलाई भेटेको भन्दै उनले निर्देशन दिएको भन्ने कुरामा कुनै सत्यता नभएका दावी गरे ।

‘मलाई राष्ट्रपतिले सात बुँदे निर्देशन दिएको भन्ने कुरा झुटो हो,’ व्यवस्थापिका संसद बैठकमा उठेका जिज्ञासाबारे बोल्दै कोइरालाले भने, ‘यस्तो कुरा पत्रपत्रिकामा कसरी आयो म आफैं चकित छु ।’

साथै कोइरालाले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि तत्काल पहल थाल्ने बताएका छन् । दलीय सहमति र सर्वोच्चको आदेशसमेतलाई ध्यान दिएर अघि बढ्ने उनको प्रतिवद्धता छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us