पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालयमा तालाबन्दी

काठमाण्डु टुडे २०७० फागुन ६ गते ९:०७ मा प्रकाशित

purbanchalकाठमाण्डु, ६ फागुन । नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले काठमाण्डुको सिनामंगलस्थित पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालयमा तालाबन्दी गरेको छ ।

संगठनका सचिव खगेश्वर केसीले सो कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको जानकारी दिए ।

विश्वविद्यालयभित्र प्रश्नपत्र बिक्री गरिएको, १८ महिनादेखिको परीक्षाको नतिजा प्रकाशन नगरिएको, उपकुलपति र रजिस्ट्रारबीचको विवाद समाधान नभएको भन्दै क्रान्तिकारीले तालाबन्दी गरेको हो ।

विश्वविद्यालयको सम्पर्क कार्यालयमा ज्ञापनपत्र बुझाउन जाने क्रममा उपकुलपति डा. महेश्वरमान श्रेष्ठ सवार गाडीमा तोडफोड भएपछि दुई साताअघि केन्द्रीय सदस्य नरेन्द्र विकलाई गिरफ्तार गरिएकामा हालसम्म रिहा नगरेकाले बाध्य भई तालाबन्दी गरेको सचिव केसीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us