‘एमालेसँग नयाँ सहमति हुन सक्दैन’

काठमाण्डु टुडे २०७० फागुन ४ गते १२:०७ मा प्रकाशित

minendra-rijalकाठमाण्डु, ४ फागुन– नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले एमालेसँग कुनै पनि नयाँ सहमति हुन नसक्ने बताएका छन् ।

रिपोटर्स क्लबमा भएको कार्यक्रममा रिजालले एमालेलाई गृह मन्त्रालय दिने आश्वासन नदिएको भन्दै कहिल्यै नदिने बताए ।

कार्यक्रममा एमालेका नेता रघुजी पन्तले काँग्रेसले एमालेलाई गृह मन्त्रालय दिन्छु भनेर वचन दिएको तर त्यसको पालना नगरेकाले एमालेले यसलाई मुद्दा बनाइरहेको दावी गरे ।

एमालेले तीन महिनासम्म काम गर्ने मौका दिने भन्दै उनले त्यसपछि भने कांग्रेसलाई दिएको समर्थनमाथि पुनर्विचार हुने बताए ।

यस्तै एमाओवादी प्रवक्ता दीनानाथ शर्माले एमाले र काँग्रेसको व्यवहारले संसदीय व्यवस्थाअनुरुप चल्न उनीहरु अक्षम भएको पुष्टि भइसकेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us