पर्यटन प्रवर्द्धधनका लागि वाकाथन

काठमाण्डु टुडे २०७० फागुन ३ गते ४:५८ मा प्रकाशित

काठमाण्डु, ३ फागुन – नेपाललाई एक सुरक्षित र भरपर्दो पर्यटन गन्तव्यको रुपमा प्रवर्द्धधन गर्नका लागि शनिबार बिहान नेपाल पर्यटन बोर्ड र ¥याडिसन होटलको संयुक्त आयोजनामा पदयात्रा  (वाकाथन) कार्यक्रम गरियो ।

र्याडिसन होटलबाट सुरु भएको र्याली सहरका विभिन्न पर्यटकीयस्थलको परिक्रमा गरी पुनः सोही होटलमा पुगेर समापन भएको थियो । पदयात्रामा किर्तिमानधारी धावक बैकुण्ठ मानन्धरका साथै होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको शुभारम्भ पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सुवास निरौला र होटलका व्यवस्थापन निर्देशक बिके श्रेष्ठले संयुक्तरुपमा गरेका थिए । देशमा शान्तिको सन्देश दिई ‘पर्यटन भिजन २०२०’ को नारालाई सार्थक बनाउन सो कार्यक्रम गरिएको निमित्त प्रमुख निरौलाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us