सलमान आईपीएल टिम किन्ने मनस्थितिमा

काठमाण्डु टुडे २०७० फागुन ३ गते ४:११ मा प्रकाशित

celebrity-charity-cricket-match-12काठमाण्डु, ३ फागुन – इण्डियन प्रिमियर लिग ‘आईपीएल ’को बलीउड कनेक्सन निकै बलियो छ । शाहरुख खान, प्रिती जिन्टा, शिल्पा सेट्टीदेखि जुवी चावला लगायतका बलीउड हस्तीहरुको आफ्नै आईपीएल  टिम छ ।

अब सलमान खानलेसमेत आईपीएल मा पदार्पण गर्ने मनस्थिति बनाएका छन् । सलमानले यस पटकको आइपिएलमा बढी नै चासो देखाएको चर्चा चल्न थालेको छ । सलमानले कुनै आईपीएल  टिम खरिद गर्ने मनस्थिति बनाएको उनी निकट स्रोतलाई उद्धृत गर्दै एक भारतीय अनलाईनले खबर लेखेको छ ।

यद्यपी कुन टिम खरिद गर्ने भन्ने विषयमा केही खुलाईएको छैन ।

केही दिनअघि बैंग्लोरमा भएको खेलाडी लिलामीमा बलीउड हस्तीहरुको निकै प्रतिस्पर्धा भएको थियो । डिल्पल गर्लको उपनामले चिनिने प्रिती जिन्टाले उनको टिम ‘किंग्स इलेभन पञ्जाव’का लागि खेलाडी खरिद गर्न एक कदम अघि नै बढेर पैसा खन्याएकी थिईन् ।

उनले विष्फोटक ब्याट्सम्यान विरेन्द्र सेहवागदेखि अष्टे«लियन स्टारहरु मिचेल जोन्सन, जर्ज बेली, गेलेन म्याक्सुएल लगायतलाई खरिद गर्न राम्रै पैसा खन्याएकी थिईन् ।

जिन्टा र जुवी चावला बाहेक अन्य स्टारहरु प्रत्यक्ष मैदानमा नदेखिएपनि उनीहरुले समेत सक्रिय भुमिका देखाएका थिए । आईपीएल मा चावला र शाहरुख खानसँग ‘कोलकत्ता नाईट राईडर्स’ र शिल्पा सेट्टीसँग ‘राजस्थान रोयल्स’को स्वामित्व छ ।

त्यसैले पनि सलमानले आईपीएल मा बढी नै चासो देखाईरहेका छन् । सलमानलाई क्रिकेट साहै्र मन पर्ने खेल हो । उनका भाइ सोहेल खानको टिम ‘मुम्बई हीरोज’ले सेलिब्रेटी क्रिकेट लीग खेलेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us