आज मनकामना केबलकार बन्द

काठमाण्डु टुडे २०७० फागुन ३ गते १:५४ मा प्रकाशित

kewalkarचितवन, ३ फागुन – मनकामना मन्दिर दर्शनका लागि जना चितवनको कुरिनटारबाट गोर्खाको मनकामना जोड्ने केबलकार शनिबार बन्द गरिएको छ ।

शनिबार अत्याधिक भिड हुने भए पनि सञ्चालकको निधनप्रति शोक व्यक्त गर्दै एक दिनका लागि केवलकार बन्द गरिएको हो ।

नेपालमै पहिलोपटक केबलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिका सञ्चालक लक्ष्मणबाबु श्रेष्ठको निधन भएपछि शोक व्यक्त गर्न केवलकार बन्द गरिएको स्टेशन म्यानेजर डिएन कायस्थले जानकारी दिए ।

सञ्चालक श्रेष्ठको ७७ वर्षको उमेरमा विहीबार निधन भएको थियो । लामो समयदेखि मृगौला रोगबाट पीडित उनको उपचारका क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएको हो ।

श्रेष्ठले २०५५ सालमा चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको बाटो छोट्याउँदै केवलकार सञ्चालनमा ल्याएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us