
क्वालालम्पुर, २ फागुन– भारतीय एक विमानमा बिहीबार बिहान शङ्कास्पद वस्तु फेला परेपछि मलेसियाको राजधानी क्वालालम्पुरमा आकस्मिक अवतरण गर्नुपरेको समाचार छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार विमानको शौचालयमा सुनौला रङगका स–साना शङ्कास्पद बट्टाहरु परेपछि सो विमानलाई अवतरण गरिएको हो ।
इन्डोगो एयरलाइन्सको उक्त विमानले ६ जना चालकदलका सदस्यसहित १४५ जना यात्रु बोकेर सिङ्गापुरबाट भारतको चेन्नाइतर्फ गइरहेको थियो । सो शङ्कास्पद वस्तुलाई प्रहरीको जिम्मा लगाएपछि विमानले पुनः चेन्नाई्तर्फ उडेको जनाइएको छ । सिन्ह्वा