
काठमाण्डु, २ फागुन– नेपाली बजारमा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा शुक्रबार प्रतितोला ६ सयले बढेर ५५ हजार ८ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा वृद्धि भएका कारण स्थानीय बजारमा पनि मूल्य बढेको हो ।
बजारमा प्रतिऔँस सुनको मूल्य एक हजार ३ सय ५ अमेरिकी डलर कायम भएको छ । बिहीबार एक हजार २ सय ९० मूल्य कायम भएको थियो ।