नियमावली मस्यौदा समितिको सभापतिमा कर्ण चयन

काठमाण्डु टुडे २०७० फागुन १ गते १२:५७ मा प्रकाशित

laxman lal karnaकाठमाण्डु, १ फागुन – संविधानसभा निमायमावली मस्यौदा समितिको सभापतिमा सदभावना पार्टीका सभासद् लक्ष्मणलाल कर्ण चयन भएका छन् ।

समितिको विहीबार बसेको पहिलो बैठकले जेष्ठ सदस्य कर्णलाई सर्वसम्मत सभापति चयन गरेको हो ।

त्यस्तै सचिवालयबाट पेश भएको कार्ययोजना परिमार्जन सहित पारित गरेको समितिका सचिव डा रविराज अर्यालले जानकारी दिए ।

मंगलबार बसेको संविधानसभा बैठकले संविधानसभा र व्यवस्थापिका संसदको नियमावली बनाउनका लागि १० दिनको म्याद दिएर ४९ सदस्सीय मस्यौदा समिति गठन गरेको थियो ।

नियमावली नबन्दा संविधानसभा र संसद पुरानै निमयमावली अनुसार चलिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us